प्रेमलीलामा पल–पल मरेकी दीपशिखा !

काठमाडौं । आगामी फागुन १० गतेबाट रिलिज हुने फिल्म ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमका बीच फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो । प्रेमकथामा आधारित फिल्मको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको ट्रेलरमा नायिका दिपशिखा खड्का र नायक अली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा नायिका खड्काको दुई रुप समेत देख्न सकिन्छ । एकातिर उनी प्रेममा भएको धोकाको बदला लिने युवतीको रुपमा देखिएकी छिन् भने अर्को तिर नायक मौसम खड्कासँग रोमान्टिक बनेकी छिन् । उनले अलीका लागि आफू पल पल मरेको कुरा बताएकी छन् ।

फिल्मकी नायिका दिपशिखा खड्काले फिल्म निर्माण गर्नु निकै गाह्रो रहेको बताइन् । आफु महिला निर्मात्री भएकै कारण फिल्म निर्माणको क्रमका निकै सास्ती बेहोर्नु परेको उनले सुनाइन् ।

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा. कृष्णहरी बराल र डा. सागरको रहेको छ ।

फिल्ममा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।