सुपुष्पाको यादमा तड्पिए सुशील

काठमाडौं । प्रेमिकाले छोडेर गएपछि प्रेमीको हालत धेरै पातलो हुन्छ भन्ने भनाई छ । आगामी माघ १८ गतेबाट रिलिज हुने फिल्म ‘रणवीर’मा पनि नायक सुशिल सिटौलालाई यस्तै भएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको ‘मान्न चाहन्नँ’ मा सुपुष्पाप्रति सुशिलको पीडा यस्तै देखिन्छ ।

गीतमा गायक हर्कुलसकै शब्द तथा संगीत छ । फिल्ममा शुशील र सुपुष्पाका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । फिल्ममा गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी छ । फिल्मको टोली यतिबेला प्रोमोसनल टुरमा छ ।