ज्ञानको तिम्रो यादमा सुमी

काठमाडौं । गायक ज्ञान सुब्बाको स्वरमा रहेको गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । सुमी मोक्तान र रितेश गुरुङ फिचर्ड भिडियोमा सोनाम पाख्रिनको निर्देशन छ ।

गीतमा दिनेश सुब्बाको संगीत र प्रतिक चामलिङको शब्द छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ ।

भिडियोमा उत्सब दाहालको छायांकन, सुशील न्यौपानेको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामाङको मेकअफ छ ।