काठमाडौं । फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को तीन फष्टलुक सार्वजनिक भएको छ । एक यात्राको क्रममा आइपर्ने घटनाक्रमलाई प्रस्तुत गरिएको फिल्ममा सम्राट शाक्यको ‘डेब्यु’ निर्देशन छ ।
फिल्ममा सलिनमान बनियाँ र मालिका महतको प्रमुख भुमिकामा अभिनय छ । फष्टलुकमा सलिनमान र मालिकाको प्रेम र मित्रतासँगै फिल्मका सबै कलाकारलाई समेटिएको छ । फिल्मका निर्देशक शाक्यले फिल्मको ‘थिम’ अनुसार नै पोष्टर सार्वजनिक गरेको बताए ।
फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कट्वाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली र सौगात शर्मासँगै बाल कलाकारद्वय अंकित संग्रौला र एन्जल राईको अभिनय छ । फिल्ममा चीनकी जुन झाङ र केन्याका बबीको पनि अभिनय छ ।
केशव भट्टराई र सुशील पोखरेलको लगानी रहेको फिल्ममा चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता छन् । फिल्ममा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सह–निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता, सम्राट, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीको कथा, सञ्जय लामाको छायांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।