काठमाडौं । भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’को बहुप्रतिक्षित फिल्म ‘शेर–ए–हिन्दुस्तान’को टिर शनिबार सार्वजनिक भएको छ । भारतीय गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गरिएको टिजरमा निरहुआको जबरजस्त एक्सन देखाइएको छ । नेपालको मुस्ताङमा छायांकन गरिएको फिल्मको टिजरमा मुस्ताङकै जबरजस्त एक्सनलाई देखाइएको छ ।
अघिल्लो वर्ष रिलिज निरहुआको फिल्म ‘बोर्डर’ पनि एक्सनकै कारण बक्स अफिसमा बम्पर हिट भएपछि यो नयाँ फिल्म पनि त्यसरी नै हिट हुने अनुमान फिल्मकर्मीको छ । फिल्म यो होलीमा रिलिज हुँदैछ ।
यो फिल्म देशभक्ति र एक प्रेमकथामा आधारित छ । फिल्ममा दिनेशसँग नायिका निता ढुंगानाले रोमान्स गरेकी छन् । फिल्ममा भोजपुरी फिल्मका चर्चित निर्देशक मनोज नारायणको निर्देशन छ । फिल्ममा नेपाली कलाकार सुनिल थापालगायतको पनि अभिनय छ ।