मायामा रमाए सुशिल–सुबेक्क्षा

काठमाडौं । फिल्म ‘रणवीर’का प्रमुख कलाकारद्वय सुशिल सिटौला र सुबेक्क्षा खड्का रोमान्टिक मुडमा भेटिएका छन् । आइतबार सार्वजनिक फिल्मको तेस्रो गीत ‘मायामा’ उनीहरू रोमान्टिक भेटिएका हुन् ।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको गीतमा हर्कुलस बस्नेत र प्रविसा अधिकारीको स्वर छ । गीतमा शब्द र संगीत हर्कुलसकै हो । यो भिडियोको कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन् । फिल्ममा महेश पौडेलको छायाँकन, गम्भिर बिष्ट, सुरेन्द्र बसेल र रामजी लामिछानेको नृत्य निर्देशक, राजनराज शिवाकोटी, हर्कुलस बस्नेतको संगीत, कृष्ण भण्डारीको सम्पादन छ ।

गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको फिल्ममा प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, भोलाराज सापकोटा, टिका पहारी, हरिहर शर्मा, नरेश पौडेल, सैलेश्वरी सिंह, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्टको पनि अभिनय छ । फिल्मका निर्देशक गोविन्दसिंह भण्डारी हुन् ।