गोवामा गीत गजलको छ कि छैन

काठमाडौं । भारतको गोवामा नेपाली फिल्म ‘गीत गजल’को एक गीतको धमाधम छायांकन भइरहेको छ । फिल्ममा नितिन चन्दको निर्देशन छ । ‘छ कि छैन’ बोलको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंह फिचर्ड छन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ । गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।

आरोहण क्षेत्रीले निर्माण गरेको सिनेमा गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् ।

फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।