ट्रेण्डिङमा सुन्दर–मेलिनाको मास्टर प्लान

काठमाडौं । गायक सुन्दर भिकेटी गीत ‘क्यालेण्डर’पछि ‘मास्टर प्लान’लिएर दर्शकमाझ आएका छन् । गीतमा सुन्दरसँगै गायिका मेलिना राईको स्वर छ । गीतको भिडियोमा डान्स क्रियु कार्टुन क्रु फिचर्ड छन् । लाई फिचरिङ गरिएको छ । अहिले यो गीत यु–ट्युबमा ४ नम्बर टे«ण्डिङमा छ ।

गीतमा खेमराज थापाको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र उदयराज पौडेलको एरेन्ज छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र लाक्पा डी लामाको सम्पादन रहेको भिडियोमा सरोज अधिकारीको निर्देशन छ । गत वर्ष रिलिज भएको सुन्दरको ‘क्यालेन्डर’ले यु–ट्युबमा १ करोडभन्दा भ्युअर्स पाइसकेको छ ।