यसरी अन्त्य हुँदैछ अभेन्जर्स श्रृंखला

लसएन्जल्स(एजेन्सी) । सुपरहिरो फिल्म सिरिज ‘अभेन्जर्स’को चौथो सिक्वेल ‘अभेन्जर्स एन्ड गेम’ निकै लामो समयदेखि चर्चामा छ । यो सिरिजमा हालसम्म तीन फिल्म आइसकेका छन् । जुन फिल्मलाई दर्शकले निकै रुचाए ।

समाचार अनुसार ‘अभेन्जर्स एन्ड गेम’मा केही सुपरहिरो मर्नेछन् । फिल्ममा क्याप्टेन अमेरिका पनि मर्नेछन् । यो समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हरे दिन केही न केही नयाँ चर्चा भइरहेका छन् । मार्बल स्टूडियो ‘अभेन्जर्सस् एन्ड गेम’ लाई ‘ब्ल्याक पेन्थर’ र ‘क्याप्टेन मार्बल’ जस्ता केही सुपरहिरोको प्रमुख अनुहारका रुपमा प्रदर्शन गराउन चाहन्छ ।

समाचार अनुसार गार्डियन्स अफ ग्यालेक्सीको चरित्रहरू पनि सबैजना ‘अभेन्जर्स’ का भिलेन रोनेन द एक्सेसरका विरुद्ध युद्ध लड्नेछन् । यही माहौलमा एकअर्कालाई बचाउने क्रममा केही सुपरहिरोको पनि निधन हुनेछ । फिल्मको यो दृश्यलाई निकै भावुक किसिमले बनाइनेछ ।

यसअघि ‘अभेन्जर्स एन्ड गेम’मा आयरन मेनको गर्भवती पत्नी पेप्पर पाट्सलाई बचाउनका लागि क्याप्टेन अमेरिका आफै ज्यान गुमाउँछन् भन्नेसम्मको खबर आएको थियो । एन्थोनी र जो रसोको निर्देशनमा बनिरहेको ‘एभेन्जर्स–४’ अप्रिलमा रिलिज हुनेछ ।