परदेशी रुवाउँदै कृष्णका गीत

काठमाडौं । गायक कृष्ण काफ्लेको नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक भएको छ । भिडियो मंगलबार एमबी क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

भिडियोमा विदेशिएका नेपालीहरूले आफ्नो आमा र मातृभूमिलाई गर्ने मायालाई प्रस्तुत गरिएको छ । गीतमा मनिष बशिष्ठको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।

निकेश खड्का निर्देशित भिडियोमा कलाकार सहिन प्रजापति र शारदा अधिकारी फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन र रंग संयोजन छ ।