मुम्बई पुलिसलाई सिम्बाको ५१ लाख

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ले बक्स अफिसमा जबरदस्त सफलता हासिल गरेको छ । फिल्मले हालसम्म बक्स अफिसमा २ सय ४० करोडको कमाई गरेको छ । रोहितको फिल्ममा पुलिस अधिकारीहरूले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । यह कारणले रोहितले हालै मुम्बई पुलिसलाई ५१ लाख रुपैंयाँको चेक प्रदान गरेका छन् ।

उमंग अवार्ड २०१९ रोहित शेट्टीसँगै रणवीर सिंह, अक्षय कुमार र अजय देवगनले संयुक्त रुपमा कमिश्नर अफ पुलिसलाई ५१ लाखको चेक प्रदान गरेका हुन् । रोहितले यो चेक सिम्बाको नाफाबाट पुलिसलाई दिएका हुन् । रोहित फिल्म ‘सिम्बा’सँगै लगातार आठ हिट फिल्म दिन सफल भइसकेका छन् ।

फिल्म ‘सिम्बा’मा फिल्मको आगामी भाग ‘सूर्यवंशी’ हुने खुलाइएको छ । फिल्मलाई विशेष किसिमले घोषणा गरिएको थियो । फिल्ममा अक्षय कुमार वीर सूर्यवंशीको भुमिकामा हुनेछन् । फिल्ममा रणवीरको अपोजिटमा सारा अली खानको अभिनय छ ।