मेल्बर्नमा घन्कँदै नेपाल आइडल

सिड्नी । आगामी फेब्रुअरी ३ मा आयोजना हुने ‘नेपाल आइडल मेल्बर्न कन्सर्ट’ को तयारी सकिएको छ । कन्सर्टका लागि कलाकारको समूह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आइडलका विजेतासँगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । स्मार्ट एक्सेस इन्टरटेनमेन्टका प्रमुख बिभुषण जोशीले मेल्बर्न कन्सर्टलाई सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत रहेको बताए । आयोजक जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको छ । आयोजकको लक्ष्य छ सय प्लस रहेको पनि उनले बताए ।

मेल्बर्न कन्सर्टमा नेपाल आईडल २ का बिजेता रबि ओडसहित बिक्रम बराल, सुमित पाठक,अस्मिता अधिकारी सहित पबन गिरीले लाईभ कन्सर्ट दिने भएका छन् ।

।गत महिना नै कन्सर्टको अर्ली बर्ड टिकटसमेत सोल्ड आउट भएको थियो । अहिले प्रिशेलको टिकट बिक्री भैईरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन डोरमा किन्दा ३५ डलर पर्नेछ । यस पटकको नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् ।