काठमाडौं । स्टार वन इन्टरटेनमेन्टले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल टुरिजम २०१९’ को उपाधि छिरिङ डोल्मा शेर्पाले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा बौद्ध, फुलबारीकी छिरिङ ‘बेस्ट हेयर’ पनि बनिन् । पेशाले उनी शिक्षिका हुन् ।
प्रतियोगितामा झापा, दमककी शिक्षिका संगीता खड्का पौडेल ‘फस्ट रनर अप’का साथ ‘मस्ट ट्यालेन्ट’, एक फाइनान्स कम्पनीको मेनेजिङ डाईरेक्टर रहेकी महाराजगञ्जकी इन्दिरा लामिछाने ‘सेकेन्ड रनर अप’सँगै ‘बेस्ट पर्सनालिटी’, फाइनान्स अफिसर रहेकी कलंकीकी मुक्ता सेडाई ‘थर्ड रनर अप’ र ‘वेष्ट स्कीन’ भइन् ।
त्यसै गरी महाराजगन्जकी प्रोजेक्ट इन्जिनियर संगीता गौतम ‘पब्लिक च्वाईस’सँगै का साथमा ‘भ्युअर्स च्वाईस’ र ‘फेसबुक च्वाईस’, रोशनी अयर ‘युट्युब वेष्ट भ्युज’ र ‘मष्ट फोटोजेनिक’, नम्रता लामिछाने ‘बेस्ट ¥यामवक’, सबिता थापा गिरी ‘बेस्ट कन्जीनियलिटी’, कर्सन राई ‘मष्ट गर्जियस’ र समिक्षा लामिछाने ‘मिसेस व्युटिफुल’ भए ।
कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा भएको प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, पेन्टागन कलेजका निर्देशक डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक थिए । प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व प्रधानमन्त्री खिलराज रेग्मीको प्रमुख अतिथि थिए ।