फागुन १० मा ब्वाइफ्रेण्ड

काठमाडौ । बुढाथोकी फिल्मस प्रोडक्शनको ब्यानरमा निर्मित फिल्म ‘ब्वाइफ्रेण्ड’ आगामी फागुन १० गते रिलिज हुने भएको छ । सूर्य बुढाथोकी प्रस्तुतकर्ता र कृष्ण खनाल निर्माता रहेको फिल्ममा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर केसीलगायतको अभिनय छ ।

फिल्मका निर्देशक मदन घिमिरे, सहनिर्देशक जिवन गौतम हुन् । फिल्ममा शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, पुनम राईको नृत्य, मौनता श्रेष्ठको लेखन, कृष्ण चापागाईंको कथा र कृष्ण श्रेष्ठको छायांकन छ ।