काभ्रे बोलाउँदै प्रकाश–अञ्जली

काठमाडौं । गायक गोविन्द तिमिल्सिनाको गीत ‘काभ्रे घुम्न आऊ’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारी फिचर्ड छन् । भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुनको छ ।

गीतमा शब्द एरेन्ज विष्णु तामाङले गरेका छन् भने गितको संगीत भीमसेन खतिवडाले गरेका छन । गीतको सम्पुर्ण छायांकन काभ्रेमै गरिएको छ । गीतमा रविन बजगाईंको छायांकन, प्रकाश धमलाको सम्पादन छ । गीत एलआरएस म्युजिक एण्ड फिल्मस्को तर्फबाट बजारमा आएको हो ।