सायाले छोड्दा गुनासोविहिन अतित

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘समर लभ’को स्याड भर्सनको गीत ‘गुनासो छैन’ सार्वजनिक भएको छ । लेखक सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले स्याड भर्सनको गीत सार्वजनिक गरेको छ । गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ भने भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । लिड कलाकार आशिष पिया, रेवती क्षेत्रीसँगै सुरजसिंह ठकुरीलाई पनि गीतमा फिचर गरिएको छ ।

फिल्ममा मुस्कान ढकालको निर्देशन छ । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको यो फिल्ममा नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायत लिड अभिनयमा छन् ।

फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह–निर्मातामा सोपन सरकार र मनोज बिक छन् ।