पूर्वजन्म र पुनर्जन्मको प्रेममा मैच्याङ

काठमाडौं । भीमफेदी गाइज अभिनित नयाँ म्युजिक भिडियो ‘नहेर त्यसरी मैच्याङ’ सार्वजनिक भएको छ । मनाङको माइनस १३ डिग्री चिसोमा छायांकन गरिएको गीतमा पुर्वजन्म र पुनर्जन्मको प्रेमलाई देखाइएको छ ।

लामो समयदेखि नेपाली गीतसंगीतमा लागि परेका गायक, संगितकार तथा गीतकार इश्वर मगियाको गीतमा भिमफेदी गाइजको कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको छ । गायक मगिया संगीत शिक्षक पनि हुन् ।

मायामा असफल पात्रले आफ्नो माया प्राप्तिको लागि गर्ने गलत कार्यले निम्त्याएको दुर्घट्नालाई देखाइएको छ । गीतको भिडियोमा भिमफेदी गाइजका निर्मल लामा भिलेनको रुपमा प्रस्तुत भएका छन् । सार्वजनिक सेलो शैलीको स्याड भर्सनको गीतमा भिमफेदी गाइजको साथमा निर्जली लामाको अभिनय रहेको छ ।