आमालाई सुशान्तको यस्तो आग्रह

काठमाडौं । आगामी फागुन १० गते रिलिज हुने फिल्म ‘रुमालै छ चिनो’को गीत ‘आमा नबस्नु पर्खेर’ बोलको गीत सार्वजनिक भएको छ । लोकशैलीको यस गीतमा नायक सुशान्त कार्की, किशोर खतिवडा र नायका सञ्चिता लुँइटेल फिचर्ड छन् । युद्धमा सामेल सिपाहीले घरपरिवारलाई सम्झिदाको पीडा गीतमा देखाउन खोजिएको छ । गीतमा बिरही कार्कीको स्वर र संगीित छ । गीतमा रेशम थापाको शब्द छ ।

नेपाली लाहुरेहरुको कथा बोल्ने फिल्ममा नायक सुशान्तलाई दर्शकले भारतीय लाहुरे भुमिकामा हेर्न पाउनेछन् । उनको जोडीको रुपमा नवनायिका अप्सना थापा छिन । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम लिइएको हो ।

फिल्मको कथा रेशम थापाले नै लेखेका हुन् भने फिल्ममा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मणबिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्योति फिल्मस्को ब्यानरमा बनेको फिल्ममा चन्द्रबहादुर खड्का, दीपक ढकाल र राम पाण्डेको लगानी छ । फिल्ममा दिनेशसिंह ठकुरीको निर्देशन छ ।