काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’को रोमान्टिक गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ । गीतमा दिनेश माङ्मुको कोरियोग्राफी छ ।
गीतमा एलिना बासकोटा, मदन भुजेललगायत फिचर्ड छन् । गीतलाई शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा संसदीय दलका नेता देव गुरुङले सार्वजनिक गरे ।फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई देखाइएको बताए ।
फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।
फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन् ।