ब्रेकअप प्रमोसनमा जय ब्रेकअप हुटिङ

काठमाडौं । फिल्म रिलिज मिति नजिकिँदै गएपछि आगामी फागुन १७ गते रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ले प्रचारप्रसारको कामलाई तिब्रता दिइरहेको छ । यही क्रममा प्रेम दिवसको फिल्म युनिटले सुन्धारास्थित सिभिल मलमा दर्शकमाझ विशेष कार्यक्रम गर्यो ।

फिल्मका नायक आशिरमान देशराज जोशी रातो ज्याकेटमा फ्यानहरुमाझ पुग्दा उनी सेल्फीमा घेरिए । फिल्मका अन्य कलाकारहरु शिल्पा मास्के, इच्छा कार्की र रेमनदाससँगै आशिरमान पुग्दा दर्शकले ‘जय ब्रेकअप’को हुटिङ नै गरे ।

टिममा फिल्मका निर्देशक हेमराज बिसी पनि थिए । फिल्ममा रुपक थापा, रेनु राणा, दीपक खतिवडाको लगानी छ । यो फिल्म अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’सँगै रिलिज हुँदैछ ।