बुनुलाई गुन्युचोली नै प्यारो

काठमाडौं । गायिका बुनु श्रेष्ठको नयाँ गीत ‘मलाई मेरै नेपाली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मोद कोईरालाको शब्द तथा संगीत र महाराज थापाको एरेन्ज छ ।

भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु समेटिएको छ । करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा कमब्याक भएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दै्छिन् । उनले यसअघि मात्रै ‘छ कि छैन’, ‘भगवान मेरो (प्रायश्चित)’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

पशुपति श्रेष्ठको छायांकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचर्ड छन् । विनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।