धन्यवादमा छुल्ठिमको आमा रुप

काठमाडौं । हङकङमा बसोबासरत गायक विनोद मेखुको नयाँ गीत ‘धन्यवाद’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा छुल्ठिम गुरुङ, शैलेन्द्र र डेनियल फिचर्ड छन् ।

गीतमा एउटा सुखी परिवारको कथा देखाइएको छ । भिडियोमा छुल्ठिम आमा बनेकी छन् । परिवारमा सन्तानको आगमन भएपछि आमाबाबुको खुशीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतमा अनुशिल श्रेष्ठको शब्द, कल्याण सिंहको संगीत, गोपाल रसाइलीको एरेन्ज र मिना विष्टको मिक्सिङ तथा मास्टरिङ छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियो ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।