साँझको यादमा आप्पा जोडी

काठमाडौं । नायक दयाहाङ राईलाई ‘आप्पा’को भुमिकामा अभिनय गराइएको फिल्म ‘आप्पा’को दोस्रो गीत ‘साँझ परे पछि’ सार्वजनिक भएको छ । गीतमा फिल्मका ‘डेब्यु’ निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतमा नवकलाकारद्वय सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चा फिचर्ड छन् ।

आगामी वर्षको जेष्ठ २४ गतेबाट रिलिज हुने फिल्मले बाबुछोराको सम्बन्धको कथा बोल्नेछ । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा माबो चेम्जोङ कार्यकारी निर्माता छन् । फिल्मका निर्माता रुदेन सादा लेप्चा हुन् ।

फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतको अभिनय छ । फिल्ममा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।