क्यारेक्टर पोस्टरमा खुलेका जानी नजानी कलाकार

काठमाडौं । चैत १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ । पोष्टरमा फिल्ममा रहेका मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । फिल्ममा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् ।

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र फिल्मको क्यारेक्टर एकआपसमा जोडिएकोले नै यसरि पोस्टर तयार पारिएको डेब्यु निर्देशक बसन्त अधिकारीले बताएका छन् । धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीलगायतको पनि अभिनय रहेको छ ।

फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन , जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।

फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।