नम्रता हिँड्दा धर्मेन्द्रलाई तनाव

काठमाडौं । गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको ‘कता हिडेकी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द र संगीत छ । गायक धर्मेन्द्र ‘रेशम फिरिरि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।