निश्चल र रजिनाले यसरी गाए खुद्राखाद्री

काठमाडौं । हाल प्रदर्शनरत फिल्म ‘बुलबुल’को गीत ‘खुद्राखाद्री’ को रेकर्डिङ भिडियो सार्वजनिक भएको छ । रेकर्डिङ भिडियोमा गायक निश्चल बस्नेत र गायिका रजिना रिमाल फिचर्ड छन् । नवनायक मुकुन भुषाल र नायिका स्वस्तिमा खड्काको नृत्य र रेकर्डिङ स्टुडियोको दृश्यलाई फ्युजन गरिएको छ ।

फिल्म रिलिज अघि निर्माण पक्षले काठमाडौंको काठमाडौं मलसँगै पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा यो गीतमा स्वयंसेवी डान्सरले नृत्य गरेका थिए । काठमाडौंमा भने मुकुन र स्वस्तिमा नै उपस्थिति थिए ।

यो गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भक्तपुरमा २५ वटा टेम्पो र सय जना कोरस सहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको निर्माण टिमले बताएको छ । चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ ।