काठमाडौंको पीडा पोख्दै दि म्यान फ्रम काठमाडौं

काठमाडौं । आगामी चैत १ गतेबाट रिलिज हुने फिल्म ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक भएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहितजंग क्षेत्रीको शब्द, संगीत तथा स्वर छ । फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्य फिचर्ड छन् । गीतले काठमाडौंको कथा पीडा बोलेको छ ।

यो फिल्म नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण भएको फिल्म हो । फिल्मको नेपालको काठमाडौसँगै अमेरिकामा समेत छायांकन गरिएको छ । पेमा धोन्डुपले निर्देशन गरेको फिल्ममा नकिम उद्धिनको लगानी छ ।

फिल्ममा जोसे मानुइल, आना शर्मा, भारतीय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल रानाको अभिनय छ ।