अग्नीपीडित धनाले गाइन् बधाई

काठमाडौं । आगोले जलेर पनि आफुलाई सम्हाल्दै आएकी गायिका धना परियारको स्वर रहेको लोक गीत ‘बधाई’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारलाई तुलसिंह रनपछाईले स्वरमा साथ दिएका छन् ।  ऋषी खड्काको लय र समिक्षा बुढाथोकीको शब्द रहेको गीतको भिडियो गायत्री थापाको प्रस्तुतिमा शिव दर्शन फिल्मस् प्रालीले निर्माण गरेको हो ।

गीतको भिडियो ट्रयाजेटी थिममा तयार गरिएको छ । भिडियोमा रोशन सिंह, साया भण्डारी र तेज बोगटीको अभिनय रहेको छ । रोशन सिंहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

धना परियारको उपचारमा सहयोग गरिरहेकी गायिका गायत्री थापाले भिडियो आम्दानी गायिका धनालाई नै प्रदान गरिने जानकारी दिइन् । मिठो स्वरकी धनी गायिका धना छाउपडीका काण गोठमा सुत्दा अचानक आगलागी परी जल्न पुगेकी थिइन् ।