मेनुका साइलीलाई पिताम्बर घायलको प्रेमपत्र

काठमाडौं । गायक हेमन्त रानाको चर्चित गीत ‘साइली’बाट नाम सापटी लिएर निर्माण गरिएको फिल्म ‘साइली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आगामी चैत १५ गतेबाट रिलिज हुने फिल्ममा फिल्मका प्रमुख पात्रहरु गौरव पहाडी, मेनुका प्रधान, दयाहाङ राईलगायत फिचर्ड छन् । ट्रेलर पनि यी पात्रकै वरपर घुमेको छ । ट्रेलरमा नवअभिनेत्री केनिपा सिंह पनि अँटाएकी छन् ।

फिल्ममा निर्देशक रामबाबु गुरुङको निर्देशन छ । फिल्मका लेखकसमेत रहेका रामबाबुले गीत साइँली भन्दा फिल्मको कथा केही फरक रहेको बताए ।

हेमन्त राना र अभिनेता गौरव पहारीले निर्माण गरेको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् ।