प्रेमिकासँग नजिकिँदा दर्पणको गुनासो

काठमाडौं । गीतकार दर्पण राईको महत्वकांक्षी गीत ‘नजिकिनु सजिलो थियो’को भिडियो सार्वजनिक भएको छ । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित सिरिज गीतका गीतकार दर्पणको पछिल्लो यसै गीतको भिडियो सार्वजनिक भएको छ । यो भिडियो आजै दर्पणले आफ्नै अफिरियल यु–ट्यु्ब च्यानल ‘एमएमएस इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरेका हुन् ।

एक कुसल तथा क्रियटिभ निर्देशकसमेत रहेका गीतकार दर्पणको यस रचनालाई पवन राईले गाएका छन् । यस गीतलाई यसअघि फिमेल भर्सनमा मोडल तथा गायिका सम्झना राईले गाएकी थिइन् । उक्त फिमेल भर्सनलाई पनि दर्शक तथा श्रोताले निकै रुचाएका थिए । यसैबेला पुन ‘नजिकिनु सजिलो थियो’लाई मेल भर्सनमा तयार गरेर भिडियोमा ल्याएका हुन् ।

एउटै गीतलाई विभिन्न भर्सन र सिरिजमा ल्याउन खप्पिस मानिने गीतकार दर्पणले यसपटक आफ्नो गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् । कोरियन कला तथा शैलीप्रति प्रभावित दर्पण आफै पनि मोडल हुन् । तर, उनी मोडलिङभन्दा क्रियटिभ काम गर्न रुचाउँछन् । त्यसैले आफ्नो गीतमा प्रायः अरुलाई फिचरिङ गर्दै आएका छन् ।

महेन्द्र राईको संगीत रहेको यस गीतलाई बुद्ध सायमीले एरेञ्ज गरेका हुन् । प्रस्तुत भिडियोमा गायक पवनसँगै मोडल रोजिना राई फिर्चड छिन् । भिडियोमा रोजिनालाई निकै आर्कषक रुपमा प्रस्तुत गरिएको छ ।