कतारमा वराङ्गना अन्तरसंवाद

दोहा । लेखिका तथा नायिका सोभिता सिंखडाको उपन्यास ‘वराङ्गना’ माथि कतारमा रहेका नेपाली साहित्य अनुरागीहरूसँग अन्तरसंवाद गरिएको छ ।

परम्परागत कार्यक्रमभन्दा भिन्न फूल, माला, खादा, आसन र भाषणरहित बिशुद्द साहित्यिक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइएको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्यलगायतका विविध विषयमा सिंखडासँग जिज्ञासा राखेका थिए ।

अभिनेत्री एबं उपन्यासकार सिम्खडाले आफुले बच्चै देखि जुन समुदाय र पात्रको नजिक हुर्किएको हो उसैलाई उपन्यासको पात्र बनाएकैले उपन्यास जिबन्त बनेको र आफुले पाठकहरुबाट राम्रो प्रतिक्रियाहरु पाईरहेको बताइन । अहिले आफु पुर्णरुपमा साहित्य लेखन र अध्ययनमा होमिएकोले अफर आए पनि अभिनयलाई केहि परै राखेको जानकारी गराईन ।