लिरिकल गीतमा पुरानो बुलेट

काठमाडौं । आगामी चैत १ गते प्रदर्शन हुने फिल्म ‘पुरानो बुलेट’को शीर्ष गीत ‘मेरो पुरानो बुलेटैमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ ।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको ट्रेलर केही समय अगाडी सार्वजनिक गरिएको थियो । सार्वजनिक ट्रेलरलाई दर्शकले मनपराएका छन् ।पत्रकारीतामा लामो समयदेखी काम गरिरहेका भिषण राईको निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा–पटकथा निर्देशक स्वयम भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । चलचित्रलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । यस चलचित्रको कोरियोग्राफी प्रसान्त तामाङले गर्नेछन् ।