लभ स्टेसन ट्रेलरमा दर्शक चासो

काठमाडौं । आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेसन’को मंगलबार सार्वजनिक ट्रेलरप्रति दर्शकको चासो बढेको छ । फिल्म ‘लिली बिली’बाट रुचाइएका जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्ममा विशेषत दर्शकको बढी चासो छ ।

ट्रेलर निकै राम्रो बनेको र ट्रेलरले नै एउटा राम्रो लघु चलचित्रको कथा प्रस्तुत गरेको दर्शकहरुको भनाई छ । बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको लभ स्टेशनको ट्रेलर रिलिज भएको ८ घन्टामै युट्युव नेपाल ट्रेन्डिङमा आएको हो ।  ट्रेलरलाई रिलिज भएको चौविस घन्टामा ५ लाख भन्दा बढी पटक दर्शकले युट्युवमा हेरिसकेका छन् । अहिले युट्युव नेपाल ट्रेन्डिङको १८ औं स्थानमा रहेको लभ स्टेशनको ट्रेलर ट्रेन्डिङमा माथि उक्लिरहेको छ ।

यो ट्रेलरलाई २४ घन्टामा २४ हजार दर्शकले नै मन पराएर लाईक गरेका छन् । ट्रेलर रिलिज भएको २४ घन्टामा यसलाई चार हजर जनाले सकरात्मक कमेन्ट गरेका छन् । लगभग सबैले राम्रो ट्रेलर बनेको र फिल्म पनि त्यत्तिकै राम्रो बनेको हुनसक्ने भन्दै सकरात्मक कमेन्ट गरेका छन् ।

ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकोमा यसका प्रस्तुतकर्ता गोविन्द शाहीले ती दर्शकप्रति आभार व्यक्त गरेका छन् । फिल्म धेरै राम्रो बनेको र २२ चैतबाट दर्शकलाई लभ स्टेशनले पूर्ण मनोरञ्जन दिने प्रस्तुतकर्ता शाहीले बताएका छन् ।

उज्ज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।