रकेटमा उडे गायक मनिष

काठमाडौं । संगीतकर्ममै रमाइरहेका युवाहरूले स्थापना गरेको एबी मिडियाले गीत ‘रकेट’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट’ मा गायक मनिष ढकालको स्वर छ ।

रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनी मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन् । भिडियोमा गायक मनिष ढकाल तथा एकतारले नै अभिनय गरेको भिडियोमा एउटा स्वच्छ मनको यात्रालाई बिजु कर्माचार्यले अमूर्त रूपमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

एउटा गीत श्रृजनाको क्रममा कलाकारले अनुभूति गर्ने भावनाहरू समेटेर भिडियोमा गायकको स्टुडियोसम्मको यात्रालाई देखाइएको छ ।