शाहरुखको शैलीमा सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान यतिबेला निकै ठूलो व्यापारिक योजना बनाइरहेका छन् । टेलिभिजन र फिल्ममा निरन्तर ध्यान केन्द्रितबाहेक सलमान अब सबै पुरानो फिल्मको आधिकारिक अधिकार पाउँदैछन् ।

सलमान आफ्ना फ्यानका लागि वा अन्य कुनै अलग च्यानल वा ओटीटी प्लेटफर्मको सेट गराउन चाहन्छन् । तर ओटीटी वा एक च्यानल हुन्छ या हुँदैन भन्ने टुंगो लागिसकेको छैन ।

हालको कुरा गर्दा सलमानले आफ्नो प्रोडक्सन व्यानरमा धेरै फिल्म बनाइसकेका छन् । त्यसकारण यी फिल्मको अधिकार लिन उनलाई कुनै समस्या छैन । हाल उनी आफ्नो पुरानो हिट हिन्दी फिल्मको विश्लेषण र निर्मातासँग अधिकारका लागि सम्पर्क गरिरहेका छन् । केही समय अघि शाहरुखले पनि सलमानको जस्तै काम गरेका थिए ।