प्रेमलिलामा दीपशिखाको दुई रुप !

काठमाडौं । आगामी चैत ८ लाई नयाँ रिलिज मिति तोक्दै फिल्म ‘प्रेमलिला’ नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ ट्रेलरमा नायिका दीपशिखा खड्काको जीवनमा आउने प्रेम र रोमान्ससँगै विछोड र पीडाको दृश्यलाई समेटिएको छ । ट्रेलरमा उनको आक्रोशलाई पनि प्रस्ट रुपमा देख्न सकिन्छ । ट्रेलरमा उनको खुशी र आक्रोशको दुई रुप देख्न सकिन्छ ।

फिल्ममा दीपशिखासँगै भारतीय अभिनेता अलि खान र नेपाली कलाकार मौसम खड्का प्रमुख भूमिकामा छन् । फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

नानी मैया कार्की र फैजिल फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मले चोखो प्रेमले दुई देशलाई छेक्दैन भन्ने कथा बोकेको छ । फिल्ममा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।