हेटौंडा मेलामा सलिन–सलोनको नृत्य

काठमाडौं । फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को युनिटले हेटौडामा भइरहेको औद्योगिक मेलामा फिल्मको प्रचार गरेको छ । गत शनिबार झण्डै २० हजारको हाराहारीमा दर्शक माझ प्रस्तुत हुँदा फिल्मका प्रमुख नायक सलिमान बनियाँले फिल्मको गीत ‘चट्ट रुमाल’मा नृत्यसँगै फिल्मको संवाद पनि बोले ।

मेलामा सलिमानसँगै पुगेका सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्यले गीतमा नाँचे । मेलामा निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई तथा चिजकुमार श्रेष्ठ पनि पुगेका थिए ।

सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै यात्रा हेर्न आग्रह गरेका थिए । उनले पनि आफ्ना फेमश डायलग सुनाएका थिए । फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल, राजेश बिसुराललगायतको अभिनय छ ।