गली ब्वाइको सिक्वेल तयारी

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक जोया अख्तरको हालै रिलिज फिल्म ‘गली ब्वाइ’ले बक्स अफिसमा बम्पर सफलता हासिल गरिरहेको छ । फिल्मले सय करोड भन्दा बढी कमाई नै गरिसकेको छ । फिल्ममा जोयाले मुम्बईको धारावी इलाकामा बस्ने एक युवाले लाखौं समस्याका बाजुद पनि आफ्नो सपना पुरा गर्ने र उसले अरुलाई प्रेरणा दिने कथा प्रस्तुत गरेकी छन् ।

फिल्ममा रणवीर सिंह र आलिया भट्ट फिचर्ड छन् । यसैबीच जोयाले फिल्मको सिक्वेल बनाउने संकेत गरेकी छन् । ‘मेरो सहलेखिका रीमा कागती र मलाई लाग्छ कि भारतीय हिपहप कल्चरको बारेमा अझै पनि धेरै कुरा लेख्न बाँकी छ । हामी फेरी अर्को फिल्म बनाउने योजना बनाइरहेका छौं । हामीले यो बारे सोचिरहेका छौं । चाँडौं नै लेख्ने काम पनि हुनेछ’, उनले भनेकी छन् ।

उनले नयाँ प्रोजेक्टमा भाइ फरहान अख्तर नहुने जनाउ दिएकी छन् । जोयाले आफ्नो करियरमा बनाएका सबै फिल्ममा फरहानलाई स्थान दिए पनि ‘गली ब्वाइ’मा भने फरहान अट्न सकेनन् ।