शिल्पालाई दिक्पालको प्रेमप्रस्ताव

काठमाडौं । गायिका सरु गौतम र गायक ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ प्रेमगीत ‘मेरो प्रेम प्रस्ताव’ सार्वजनिक भएको छ । कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माको संगीत छ ।

गीतको म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र नायक दिक्पाल कार्की फिचर्ड छन् ।

देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोमा भिएफएक्स अच्युज बजगाईं र कलर ग्रेडिङ मनोरञ्जन श्रेष्ठको छ ।