उपराष्ट्रपति पुन भन्छन्ः ‘क्याप्टेन हाम्रो कथा हो’

काठमाडौं । नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले नायक अनमोल केसीलाई फूटबल खेलाडीका रुपमा प्रस्तुत गरिएको फिल्म ‘क्याप्टेन’ हेरेका छन् । दोस्रो सातामा प्रदर्शनरत फिल्मले सोमबार आयोजना गरिएको विशेष शोमा हेरेका हुन् ।

फिल्म हेरेर निस्किएका उपराष्ट्रपति पुनले फिल्मले उठान गरेको विषयवस्तुको तारिफ गरे । ‘क्याप्टेन हाम्रो कथा हो । त्यसैले मलाई फिल्म निकै मनपर्यो’, उनले भने ‘फिल्मले सम्पुर्ण नेपालीलाई एकतामा बाध्ने प्रयास पनि गरेको छ । खेलमा रुचि राख्नेका लागि फिल्म झन् विशेष छ ।’

पुनले भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालको फिल्म पहिलादेखि नै हेर्दै आएको र आफ्नो लागि तिनै जना सुपरस्टार रहेको समेत बताए । अभिनेता शिव श्रेष्ठले पनि क्याप्टेन राम्रो बनेको भन्दै अनमोल केसी र भुवन केसीको मेहनतको प्रशंसा गरे । ‘फिल्म राम्रो बनेको छ । फुटबलको माध्यमबाट खेलाडीको कथा भनिएको छ’, उनले भने ‘फिल्मले राष्ट्रियता र फुटबलसँग हामीलाई जोड्छ ।’