पोखरामा मनिष–निरिशाको जानी नजानी

काठमाडौं । आगामी चैत १ गतेबाट रिलिज हुने फिल्म ‘जानी नजानी’को शीर्ष गीत ‘जानी नजानी’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र मोदनाथ खनालको शब्द छ ।

गीतमा प्रमुख कलाकार मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेत फिचर्ड छन् । पोखरामा छायांकन गरिएको यो गीत निकै सुन्दर बनेको छ । गीतमा प्रविन सिंहको कोरियोग्राफी छ ।

फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतको अभिनय रहेको छ । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्ममा मोदनाथ खनाल र सागरकाजी माली पनि निर्माता छन् । फिल्मका निर्देशक बसन्त अधिकारी हुन् ।