सामाजिक कथामा ओमको हली

काठमाडौं । फिल्म ‘हली’को शुभ साईत गरिएको छ । चिरायु फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्मको राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गरिएको हो । शुभसाइतमा नायक सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले सट दिएका थिए ।

शुभसाइत लायन्स क्लब इन्टरनेशनल एरिया लिडर बालकृष्ण वर्लाकोटीको आतिथ्यतामा गरिएको थियो । निर्देशक ओम प्रतिक गुरुङले समसामयिक बिषयमा आधारित फिल्ममा गाउँ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको बताए । फिल्मका निर्मातामा पूजा गुरुङ ‘गर्वि’, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन् ।

डडेलधुरा, डोटी, बझाङलगायतका स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायांकन सुरु गरिने फिल्ममा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहने छ । फिल्ममा राहुल राईको छायांकन, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासको कोरियोग्राफी रहने छ ।