चाइनाको रेलमा सरर सन्तोष

काठमाडौं । दोश्रो ‘नेपाली तारा’ गायक सन्तोष लामाको स्वरमा रहेको ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । यो गीतमा हास्य कलाकार सन्दिप क्षेत्रीको मोडलिङ छ । गीतमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।

सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायांकन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई सन्दिप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।

यसैविच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ५० हजार नगद पुरस्कारको समेत घोषणा गरिएको छ । यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार नगदको समेत घोषणा गरिएको छ ।

गायक कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछुपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको छ ।