काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेसन’ महंगो मूल्यमा अष्ट्रेलियन अधिकार विक्री भएको छ । नेपालमा आगामी चैत २२ गते रिलिज हुने फिल्मलाई अष्ट्रेलियामा प्रदर्शनका लागि गोर्खा इन्टरटेनमेन्टले किनेको हो । फिल्मका निर्माता गोविन्द शाहीका अनुसार इन्टरटेनमेन्टले ७२ लाखमा अधिकार किनेको हो ।
निर्माता गोविन्दका अनुसार जापानलगायतका मुलुकबाट पनि फिल्म प्रदर्शनका लागि कुराकानी भईरहेको छ । निर्देशक उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
फिल्ममा निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातको लेखन छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन,शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य छ ।