‘यात्रा राम्रो लागे प्रचार गरौं’

काठमाडौं । प्रदर्शोन्मुख फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’को प्रचारप्रसारमा रहेका नायक सलिन मान बनियाँले ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेर फिल्मको प्रचार गरेका छन् । एलएकै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको ‘एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिनसँगै डेब्यु गर्ल मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाललगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे ।

सलिन कलेजमा प्रवेश भएसँगै उनिसँग सेल्फी खिच्न स्टुडेन्टको लाइन झैँ लागेको थियो । फिल्म तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको फिल्मको बारेमा जानकारी लिदै शुभकामना समेत दिए । सलिनले नेपाली फिल्मलाई माया गर्न आग्रह गर्दै युवा पुस्ताले फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । ‘हरेक विकासमा युवाको उतिकै महत्व हुन्छ । त्यसैले हामीले पनि हाम्रोसँगै राम्रो नेपाली फिल्मलाई हेरेर प्रतिक्रिया दिनु पर्छ । नेपाली फिल्म हेर्ने बानी बसालौ ’, उनले भने, ‘यात्रा राम्रो लागे प्रचार गरौ । केहि खड्किए सुझाव दिउ । हातेमालो मार्फत नै अगाडी बढ्न सकिन्छ ।’

यात्रामै आधारित विषयवस्तुमा आधारित फिल्ममा सलिन भ्ल्गिस्टको भूमिकाछन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।