सहिदका सन्तानलाई मिलन–राजनराजको गीत

काठमाडौं । मिलन च्यारिटी फाउन्डेसन’ले यही चैत १६ गते बेलायतका विभिन्न सहरमा ‘मिरा साँझ’ आयोजनागर्ने भएको छ । सुनसरीको सहिद स्मृति आवासीय विद्यालयको सहयोगका लागि गायिका मिलन नेवार र गायक राजन राजशिवाकोटीले साँझमा गीत सुनाउनेछन् ।

विद्यालयले गायिका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुतसमेत तोकेको छ । गायिका मिलनले केही समय अगाडी आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारीक सुरुवात गर्दै फाउन्डेसनको घोषणा गरेकी थिईन् । फाउण्डेसनको पहिलो कार्यक्रमअन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन् ।

अग्रगामी समुह बेलायत, आदिवासी चलचित्र महासंघ बेलायत र मिलन च्यारिटी फाउन्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलित रकम विद्यालयका बालबालिकाको अध्ययनका लागिखर्च हुनेछ ।

शहिद तथा बेपत्ता परिवारका विद्यार्थीहरु लक्षित गरेर २०६६ सालमा स्थापना भएको विद्यालयमा ४ सय असहाय विद्यार्थीहरुले सहुलियतमाअध्ययन गरीरहेका छन् ।