शाहरुखले बेचे २२ फिल्म

मुम्बई(एजेन्सी) । बलिउड बादशाह अभिनेता शाहरुख खानको पछिल्लो समयमा रिलिज फिल्महरूले व्यावसायिक सफलता पाउन सकेका छैनन् । उनको पछिल्लो फिल्म ‘जीरो’को हालत उस्तै खराब भयो । फिल्मले बक्स अफिसमा सय करोडको व्यापारको आँकडामा पनि पु¥याउन सकेन । यही कारण उनले आफ्ना २२ फिल्मको सेटलाइट अधिकार बिक्री गरेका छन् ।

शाहरुखले एक निजी च्यानललाई आफ्ना २२ फिल्मको सेटलाइट राइट बेचेका हुन् । यो बिक्रीबाट उनले ठुलो रकम हात पारेका छन् । तर कति रकम हात पारे भन्ने खुलाइएको छैन । शाहरुखले ‘स्वदेस’, ‘ओम शान्ति ओम’, ‘दिलवाले’, ‘फिर भी दिल है हिन्दुस्तानी’, ‘चेन्नई एक्सप्रेस’, ‘हैप्पी न्यू ईयर’, ‘डियर जिन्दगी’, ‘पहेली’, ‘बिल्लू’, ‘चमत्कार’, ‘अन्जाम’ र ‘राम जाने’को अधिकार बिक्री गरेका हुन् ।

शाहरुख हालका दिनमा आइपिएलमा आफ्नो क्रिकेट टीम कोलकाता नाइट राइडर्सको हौसला बढाउन व्यस्त छन् । यो टिम अहिले निकै मजबुत भएर खेल खेलिरहेको छ । शाहरुख हाल कुनै पनि फिल्ममा अभिनयका लागि अनुबन्धित भइसकेका छैनन् ।