इन्स्टाग्राममा जोडिँदै प्रभास

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ स्टार चाँडै नै इन्स्टाग्राममा जोडिने भएका छन् । आफ्नो लोकप्रियता बढेको देखेपछि प्रभासले इन्स्टाग्राममा जोडिने निर्णय लिएका हुन् । प्रभास कहिले इन्स्टाग्राममा जोडिन्छन् भन्ने कुनै निक्र्यौल भएको छैन । तर फिल्म ‘साहो’को रिलिज आसपास उनी सामाजिक सञ्जालमा जोडिने तयारी भइरहेको छ । प्रभासलाई फिल्म उद्योगमा प्रभास राजुको नामले पनि चिन्नेछन् ।

तेलुगू फिल्ममा आफ्नो अलग पहिचान बनाएका प्रभास बलिउडमा पनि नाम चलेका कलाकार हुन् । फिल्म ‘बाहुबली’ रिलिज पछि हिन्दी दर्शकले पनि उनलाई निकै मनपराउन थालेका छन् । फिल्म ‘साहो’मा प्रभास भिलेन चरित्रमा छन् । फिल्ममा उनको अपोजिटमा श्रद्धा कपुर छिन् ।

प्रभासले आफ्नो अभिनय करियर सन् २००२ मा फिल्म ‘ईश्ववर’बाट गरेका थिए । यो फिल्मपछि उनले कहिले पछाडि फर्केर हेर्नुपरेन । केही समय अघि मात्र उनको मैनमूर्ति मेडम तुसाद म्यूजियममा लागेको थियो ।