दर्शन नमस्ते सार्वजनिक गर्दा प्रफुल्ल भैरब

काठमाडौं । आफ्नो एलबम सार्वजनिक हुँदा जोकोही गायकगायिका पनि खुशी हुन्छन् । तर भर्सटायल गायक राजेशपायल राईको १९ औं एलबम ‘दर्शन नमस्ते ४’ हुँदा राजेशपायल भन्दा नटराज भैरबबहादुर थापा बढी खुशी देखिए ।

उनले नेपाली गायन क्षेत्रको एक उज्जवल नक्षत्र राजेशपायलको ‘दर्शन नमस्ते(४ ’ सार्वजनिक गर्न पाउदा आफुले सम्मानित महसुस गरेको बताउँदै ८४ बर्षीय नटराज थापाले गायक राईलाई सबै प्रकारको गीत गाउन सक्ने खुबी भएको जनाए । उनले राईको सांगीतिक यात्रामा यो एल्बमले थप सफलता दिलाओश भनि शुभकामना दिए ।

साप्ताहिकको प्रस्तुती तथा वाईवाईसंगको सहकार्यमा निकालिएको एल्बम ‘वाईवाई दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत दर्शन नमस्ते नै तीन वटा रहेका छन् । उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्काले तीनवटा टाइटल गीतको सब्द (संगीत तयार पारेका छन् । अन्य गीतहरु भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द छ ।

जसमा बादल लिम्बू, सन्तोषराज, महाराज थापा संगै बरिस्ठ संगीतकार स्व. अम्बर गुरुङको अन्तिम संगीत रहेको छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए भने उनको अल्बमको मोहनी बोलको गीतको म्युजिक भिडियो समेत देखाईएको थियो ।