कीर्तिपुरकी रेश्मा मिस नेपाल पिस

काठमाडौंं । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास आउट बिद्यार्थी हुन् । शिर्ष सहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाईले २५ प्रतियोगिलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनले नगद रु ५० हजार सहित बिभिन्न उपहार समेत प्राप्त गरेकी छन् । शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सजाइएको भव्य स्टेज सेटअपमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए । दुबैले क्रमश नगद ३० हजार र २० हजार सहित भिबिन्न गिफ्ट समेत हात पारे ।

नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिंदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुति मार्फत् व्यक्त गर्ने उद्देश्य अनुरुप ‘मिस नेपाल पिस’ आयोजना हँुदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य रहेको कार्यक्रममा रोजिन शाक्यको संचालन तथा कोरियोग्राफी रहेको थियो । प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डि.सी. बेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लीन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए ।

एभरेष्ट क्रू आकर्षक नृत्यहरु प्नि समेटिएको सो प्रतियोगिता विगतका भन्दा अझ बढी भव्य र सफल भएकोमा आयोजक संस्था व्यवस्थापक यतना पाण्डेले खुशी व्यक्त गरे ।प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाई र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिश क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा रहेका थिए ।

कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशिल बाल सेवा परिवारलाई हस्तान्तरण गरेका छ । कार्यक्रमले नर्सिङ पेसामा लागेका र लाग्न चाहने युवतीहरुको आत्मसम्मान बढाएर उनीहरुलाई पेसा प्रति अझै मर्यादित र जिम्मेवार बनाउन सघाउने बिश्वास आयोजकको रहेको छ ।